३२ असार २०८३, बिहीबार

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरू हटाइदै

मंसिर २, २०७६
मन्त्रिपरिषद् पुनर्गठनको तयारी,  कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरू हटाइदै

 प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरूलाई मात्रै हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।

नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरू मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो तर आज (आइतबार) कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरू त प्रधानमन्त्रीको अधिकार हो, हेरौं के गर्नुहुन्छ ।’
उनले मन्त्रीहरूको काम हेरेर राख्ने या बिदाइ गर्ने निर्णय गर्न प्रधानमन्त्रीलाई लगभग सबै सदस्यले सुझाव दिएको बताए । ‘भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नो मात्रै स्वार्थ हेर्नेहरूलाई बिदाइ गर्नुपर्‍यो, राम्रा, काबिल र गतिशील साथीहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्‍यो,’ उनले बैठकमा प्रधानमन्त्रीलाई दिइएको सुझाव उल्लेख गर्दै भने ।

मन्त्रिपरिषद् हेरफेरबारे अनावश्यक हल्ला नगर्न पनि सदस्यहरूले दुई अध्यक्षलाई सुझाव दिएका छन् । मन्त्रिपरिषद् गठन गर्ने हो भने पनि ‘हल्ला नगरी टुंगो लगाउनुस्, यो सुटुक्क गर्ने कुरा हो’ भनेर आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्