०६ असार २०८३, शनिबार

अख्तियारको क्षेत्राधिकारमा थप अंकुश लगाइँदै

मंसिर २, २०७६
अख्तियारको  क्षेत्राधिकारमा थप अंकुश लगाइँदै

प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि छानबिन गर्न नपाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन संशोधनको तयारी भएको छ । मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा प्रदेश कानुनबमोजिम प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था गरिएको छ ।

हाल संघीय सरकारले गरेको नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था रहेकामा ऐनको विधेयकमा प्रदेश मन्त्रिपरिषद्को निर्णयमाथि समेत छानबिन गर्न नपाउने विषय थप गरिएको हो । आयोगको अधिकार क्षेत्रसम्बन्धी व्यवस्थामा मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णयमा आयोगले अनुसन्धान र तहकिकात तथा त्यससम्बन्धी कुनै कारबाही नगर्ने व्यवस्था छ । 

घुमाउरो ढंगले प्रदेश मन्त्रिपरिषद्लाई छुट 
संघमै पनि मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि अंकुश लगाउनुपर्ने आवाज वेलावेलामा उठ्दै आएको छ । अब प्रदेशसम्मलाई पनि छुट दिने गरी मन्त्रिपरिषद्ले विधेयकमा प्रस्ताव गरेको हो । प्रदेश मन्त्रिपरिषद्लाई फरक सर्तमा यस्तो छुट दिन लागिएको छ । प्रदेशको हकमा प्रदेश कानुनबमोजिम प्रदेश मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भन्ने व्यवस्था विधेयकमा राखिएको छ । विधेयकको व्यवस्था ऐनका रूपमा आएमा प्रदेश कानुनले प्रदेश मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्न अधिकार दिए मात्र त्यसमा अख्तियारले छानबिन गर्न पाउनेछैन । तर, अहिलेसम्म प्रदेश मन्त्रिपरिषद्मा नीतिगत निर्णयका लागि कुनै कानुनी व्यवस्था छैन । हालको व्यवस्थामा केन्द्रमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गर्दा कानुनमा टेकेर गर्नुपर्ने अनिवार्यता छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्