१३ असार २०८३, शनिबार

अनुदानको ११ हजार चुलोको मूल्य निर्धारण अपारदर्शी ! संसदीय समितिले छानविन गर्ने

कात्तिक २०, २०७४
अनुदानको ११ हजार चुलोको मूल्य निर्धारण  अपारदर्शी !  संसदीय समितिले छानविन गर्ने

काठमाडौं, २५ चैत –व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको झण्डै साढे ११ हजार इन्डक्सन चुलोको मूल्य निर्धारण पारदर्शी नभएको ठहर गरेको छ । समिति अन्तर्गतको उद्योग, वाणिज्य उपसमितिको शुक्रवार बसेको बैठकले अनुदानमा प्राप्त चुलोका मूल्य निर्धारण अष्पष्ट र गैरजिम्मेवारपूर्ण भएको ठहर गरेको हो ।

गत साल झण्डै ५ महिना लामो भारतीय नाकाबन्दीको समयमा इन्धन अभाव चुलिँदा चीन सरकारले अनुदान स्वरुप दुई चरणमा गरेर ११ हजार ३ सय थान विद्युतीय इन्डक्सन चुलो नेपाल सरकारलाई दिएको थियो ।

तर, विक्रीमा राखिएको झण्डै १४ महिना पुगिसक्दा हालसम्म एउटामात्र विकेपछि समितिले यसमा चासो देखाएको हो ।

समितिले सरकारले अनुदानबापत प्राप्त गरेको खुल्ने प्रमाणित कागजात र अर्थ मन्त्रालयको पुस २८ गतेको पत्र सहितको विवरणसमेत आपूर्ति मन्त्रालयसँग माग गरेको छ ।

विलम्व शूल्क मिनाहा गरी मूल्य समायोजन गर्न निर्देशन
त्यस्तै, समितिले इन्डक्सन चुलोको विलम्ब शूल्क मिनाहा गर्न र मूल्य समायोजन गरी विक्री गर्ने प्रक्रिया अघि बढाउन समेत आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

इन्डक्सन चुलोको मूल्य निर्धारणका सम्बन्धमा संलग्न तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेसनल ट्रेडिङका पदाधिकारी तथा संस्थान सञ्चालक समितिलाई उपसमितिले आगामी आइतवारको बैठकमा डाकेको छ ।

यो पनि पढ्नुहोस् :
नाकाबन्दीमा चीनले दिएको १२ हजार चुलो बेवारिसे

salt training

कमेन्ट गर्नुहोस्