
रुखले हामीलाई छायाँ र फल दिन्छन् । तर रुखबाट बीयर निस्कन थाल्यो भने के हुन्छ ?

भारतको राजधानी नयाँ दिल्लीमा हालै यस्तै भयो । एउटा नीमको रुखबाट बीयर निस्कन थाल्यो ।
दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा रहेको नीमको रुखबाट बीयरको जस्तो स्वाद भएको पदार्थ निस्कियो । केही व्यक्तिले यसलाई पिए अनि उनीहरूलाई झुम्म नशा लाग्यो ।
रुखबाट बीयर आएको हल्ला चलेपछि क्याम्पसबाहिरबाट पनि मानिसहरू रुख हेर्न आए ।
प्राप्त जानकारी अनुसार दिनभरिमा एकदेखि डेढ लिटरसम्म बीयर जस्तो पदार्थ निस्कन्छ । मानिसको भीड बढेपछि विश्वविद्यालयका उपकुलपतिले बाहिरका मानिसका साथसाथै पत्रकारलाई पनि आउन रोक लगाए ।
विश्वविद्यालयका विद्यार्थीहरूका अनुसार एक वर्षदेखि रुखबाट यो पदार्थ निस्किरहेको थियो र एक व्यक्तिले चाखेपछि नशा महसूस ग–यो । त्यसपछि हल्लाखल्ला मच्चियो ।
वैज्ञानिकहरू पदार्थको जाँच गरिरहेका छन् ।
एजेन्सी