२६ असार २०८३, शुक्रबार

मन्त्रिमण्डल पुर्नगठनअघि बुधवार बिहान नेकपा सचिवालय बैठक

मन्त्रिमण्डल पुर्नगठनअघि बुधवार बिहान नेकपा सचिवालय बैठक
फाइल तश्वीर

मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठकको मुख्य एजेण्डा मन्त्रिमण्डल पुर्नगठन रहेको नेकपाका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।  एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले बताए । 

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । 

मंगलवार साझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल  पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए । मन्त्रिमण्डल  पुर्नगठन अघि सचिवालय बैठक बस्न लागेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्