२४ जेठ २०८३, आइतबार

फेसबूकले मिम बनाउने याप चुपचाप सार्वजनिक गर्‍यो

फेसबूकले मिम बनाउने याप चुपचाप सार्वजनिक गर्‍यो

फेसबूकले अब मिम बनाउने व्यापार शुरू गर्न खोजेको छ र ह्वेल नामक नयाँ याप सार्वजनिक गरेको छ ।

उक्त याप हल्लाखल्ला नगरिकनै अघिल्लो साता ल्याइएको दी इन्फर्मेसन नामक पत्रिकाले समाचारमा जनाएको छ । अहिले यो क्यानेडियन याप स्टोरमा मात्र उपलब्ध छ । 

ह्वेल प्रयोगकर्ताहरूले तस्वीरमाथि अक्षर र स्पेसल इफेक्टहरू राख्न पाउँछन् अनि आफ्ना सिर्जनालाई इन्स्टाग्राम वा मेसेन्जरमा शेयर गर्न पाउँछन् । 

दी इन्फर्मेसनका अनुसार, उक्त याप फेसबूककै परीक्षण समूह न्यु प्रडक्ट एक्सपेरिमेन्टेसन टोलीले गरेको हो । उक्त टोलीले मानिसलाई मन पर्ने फीचर र सर्भिसहरू पत्ता लगाउँछ । 

यस समूहले अक्स नामक लाइभ स्कूल रेडियो र कलेजका विद्यार्थीहरूलाई कनेक्ट गराउने बम्प नामक मेसेजिङ याप पनि बनाएको छ । 

ह्वेल याप सान्दर्भिक समयमा आएको छ किनकि फेसबूकले टिकटक जस्ता पछि आएका यापसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ ।

सामाजिक सञ्जालमा प्रभुत्व जमाउनका लागि फेसबूक र टिकटकबीच चर्को प्रतिस्पर्धा छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्