
तान्जानियामा खुला जीपमा बसेर सफारी गरिरहेकी एक महिलाको टाउकैमाथि एक चितुवा आइपुगेको छ । चितुवाले उनको कपाल पनि चपाएको छ । उनले यस घटनाको भिडियो समेत बनाएकी छन् ।
भिडियोमा चितुवाले नाक रगडेको र महिलामाथि झुकेको देखिन्छ भने उनी चाहिँ आत्तिएकी देखिन्छिन् ।
चितुवाले उनलाई सुँघ्छ र उनको कपाल चलाउँछ अनि उनी चाहिँ भिडियो खिचिबस्छिन् र स्थिर रहन्छिन् ।
त्यसको केही सेकेन्डपछि पृष्ठभूमिमा एकजनाले ‘तल आऊ, तिमीलाई चितुवाले टोक्न आँट्यो’ भनेको सुनिन्छ । चितुवा पछि हट्छ र महिला पनि अन्तै जान्छिन् ।
चितुवा सफारी जीपमाथि बसेर यताउताको दृश्य हेरिबस्छ ।
अन्य मानिसलाई यसो गर्नबाट निरुत्साहित गर्नका लागि यस भिडियोलाई अफ्रिका ट्राभलको इन्स्टाग्राम पेजमा शेयर गरिएको छ ।
एजेन्सी