२२ जेठ २०८३, शुक्रबार

सानो मुसोले अत्यायो कुकुर र बिरालोलाई (भिडियो)

सानो मुसोले अत्यायो कुकुर र बिरालोलाई (भिडियो)

थाइल्यान्डमा एक साहसी मुसोले एक घरमा कुकुर र बिरालोबाट घेरिएपछि उनीहरूसँग भिडन्त गरेको छ । 

भिडियो फूटेजमा मुसोले फोहर भरिएको घरमा कुकुर र बिरालोसँग भिडन्त गरेको देखिन्छ । यो घटना १० दिनअघिको हो । 

तीन मिनेटको भिडन्तमा कुकुर र बिरालोले घेर्दा मुसो बुरुक्क उफ्रिन्छ अनि तर्साउने गरी चिच्याउँछ । 

यी तीन प्राणी शुरूमा त घरको अग्रभागमा देखिन्छन् तर मुसोले पछिल्तिर गएर भिडन्त गर्छ । अनि उसले भाँडाकुँडामा लुक्ने र त्यहीँबाट प्रत्याक्रमण गर्ने मौका पाउँछ ।

एक विन्दुमा पुग्दा मुसो खाना पकाउने भाँडोपछाडिबाट फुत्त उफ्रिन्छ र कुकुरलाई झस्यांग बनाउँछ । 

भिडन्त चरममा पुग्दा एकजना महिलाको स्वर सुनिन्छ अनि कसैले मुसोमाथि जुत्ता हान्छ । जुत्ताको प्रहार छलेर मुसो फुत्त भाग्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्