२५ असार २०८३, बिहीबार

प्रेस विरुद्धका घटना अभिलेखीकरण गर्न अनलाइन डाटाबेस

कात्तिक २०, २०७४
प्रेस विरुद्धका घटना अभिलेखीकरण गर्न अनलाइन डाटाबेस

काठमाडौँ, २५ चैत - नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता हननका घटना अभिलेखीकरणका लागि आजदेखि अनलाइन डाटाबेस प्रणाली सार्वजनिक गरेको छ ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले उक्त प्रणाली सार्वजनिक गर्नुभएको हो । उहाँले र आयोग पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्य गर्न निकै संवेदनशील भएर लागेको बताउनुभयो ।

उहाँले नेपालका पत्रकार अझै जोखिममा काम गरिरहेको भन्दै पत्रकारको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय आयोगमा उपलब्ध हुने व्यक्तिगत घटनाका उजुरीको सङ्ख्या घट्दै गएको अन्सारीले जानकारी गराउनुभयो ।

महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा पेसागत सुरक्षा महासङ्घको प्रमुख प्राथमिकता रहेको भन्दै यसका लागि महासङ्घले निरन्तर काम गरिरहेको बताउनुभयो ।

नेपालमा पत्रकारमाथि हुने आक्रमण तथा धम्कीका घटनामा कमी आए पनि अझै अवस्था सन्तोषजनक नरहेको र दण्डहीनता अझै बढिरहेकाले ‘सेल्फ सेन्सरसीप’ बढेको उहाँको भनाइ थियो ।

युरोली सङ्घका ‘हेड अफ कोअपरेसन’ एन्ड्रियस रोइटगरले राजनीतिक दल, सुरक्षा, सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाजलगायत सबै पक्षको सहकार्यले मात्र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो ।

सूचना प्रविधिको उच्चतम् प्रयोग गरी महासङ्घका सदस्य, सम्पूर्ण सरोकारवाला तथा आम नागरिकलाई सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखीकरण तथा सूचना सम्प्रेषणका लागि अनलाइन डाटाबेस तयार पारिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो ।

विसं २०७१ मा सबै सरोकारवालाको सहभागितामा मापदण्ड तयार गरी सोहीअनुसार घटनाको अभिलेखीकरण गर्दै आइरहेको छ ।

महासङ्घले युरोपेली सङ्घको सहयोग र इन्टरनेसनल अलर्टको सहकार्यमा सञ्चालन गरिरहेको अभिव्यक्ति स्वतन्त्रता ः नेपालमा मिडियाको अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन कार्यक्रमअन्तर्गत डाटाबेस निर्माण गरिएको थियो ।

डाटाबेसमा महासङ्घको केन्द्रीय सचिवालयका साथै महासङ्घका जिल्ला शाखा र महासङ्घका साधारण सदस्यले समेत देशभर भएका घटनालाई राख्न सक्नेछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्