
न्याय परिषद्को बुधवारको बैठकले उच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
परिषद्ले जिल्ला अदालतका न्यायाधीशको तर्फबाट ६ जना, अधिवक्ताको तर्फबाट ८ जना र कर्मचारीको तर्फबाट १ जनालाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको छ ।
परिषद्को बैठकले उच्च अदालतमा कार्यरत ८ जना न्यायाधीशलाई सरुवाका लागि समेत सिफारिस गरेको छ ।
प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
हेर्नुस् निर्णय सम्बन्धी विस्तृत विवरण –

