२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा दाहाल नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा अधिवक्ता बाबुराम दाहाल नियुक्त भएका छन् ।

मकवानपुरका अधिवक्ता दाहाललाई मंगलवारको मन्त्रिपरिषद् बैठकले कानूनी सल्लाहकार नियुक्त गरेको हो ।

विगत १९ वर्षदेखि वकालतमा सक्रिय दाहाल कन्सट्रक्सन इन्डस्ट्रीको कानूनी विज्ञता प्राप्त अधिवक्ता हुन् । दाहाल तत्कालीन नेकपा एमालेमा निर्वाचन विभाग सचिव थिए ।

उनी पूर्व एमाले निकट कानूनी व्यवसायीको संस्थासँग समेत आवद्ध छन् । 

salt training

कमेन्ट गर्नुहोस्