३० असार २०८३, मंगलबार

आमासँग सेतो मच्छिन्द्रनाथको भेट

कात्तिक २०, २०७४
आमासँग सेतो मच्छिन्द्रनाथको भेट


काठमाडौँ, २५ चैत - सेतो मच्छिन्द्रनाथलाई स्थानीय लगन टोलमा उनकी मातासँग आज भेट गराइएको छ ।

रथयात्रा व्यवस्थापन समितिले लगनस्थित माताको मन्दिरमा आज साँझ ६ बजे तीन पटक सेतो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइएको थियो । वर्षमा एक पटक यसरी उनीहरुलाई भेट गराउने चलन छ ।

मङ्गलबारदेखि सुरु भएको रथयात्रा असन र हनुमानढोकामा एक एक रात बास बसाएर बिहीबार लगन पु¥याइएको थियो । बिहीबार लगनमा रथ पु¥याइए पनि त्यहाँ अवस्थित माताको मन्दिरमा प्राविधिक कारणले रथ परिक्रमा गराउन सकिएको थिएन ।

उक्त अवसरमा बाजागाजा चलेको थियो । जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । सहकाल र वर्षासँग सम्बन्धित मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् ।

नेपाली काँग्रेसका तीर्थराम डङ्गोलले काठमाडौँ उपत्यकामा लिच्छवि तथा मल्ल राजाका समयमा सुरुआत भएका विभिन्न संस्कृति तथा सम्पदाले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको गौरव अभिवृद्धि गरेकाले तिनको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा विजय प्राप्त गरे पनि यहाँको सांस्कृतिक पर्वलाई निरन्तरता दिएर प्राचीन संस्कार तथा संस्कृतिलाई संरक्षण गरेको बताउँदै त्यसको उदाहरणका रुपमा सेतो मच्छिन्द्रनाथको जात्रालाई लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्