
भैरव नवदीप मावि रैनादेवी छहरा गाउँपालिका पाल्पाका ४१ विद्यार्थीलाई प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेसनरी महासंघ पाल्पाको सहकार्यमा विद्यालयमा अध्ययनरत जेहेन्दार, गरीब, असहाय, विपन्न विद्यार्थीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधवार शैक्षिक सामग्री वितरण गरिएको हो ।
विभिन्न संघसस्थाको सहयोगमा कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर विभिन्न संघसंस्थाबाट शैक्षिक सामग्री संकलन गरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको पाल्पाका प्रहरी नायब निरीक्षक कृष्णराज सापकोटाले बताए ।
संस्थाले यसअघि पनि ६ विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको छ ।