![नयाँ मन्त्रीलाई स्वागत गर्न सिंहदरबारमा मन्त्रालयअगाडि कर्मचारीहरूको लाइन [फोटो]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_2_Rk9iFXUCbf.jpg)
नयाँ मन्त्रीलाई स्वागत गर्न सिंहदरबारस्थित मन्त्रालयहरू अगाडि कर्मचारीहरूको लाइन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नियुक्त गरेका ६ मन्त्री र ३ राज्यमन्त्रीलाई स्वागत गर्न सम्बन्धित मन्त्रालयका कर्मचारीहरू मन्त्रालयअगाडि लाइन लागेका हुन् ।
मन्त्रीहरूले राष्ट्रपति भवन शीतल निवास पुगेर पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
तीन राज्यमन्त्री उद्योगका मोतिलाल दुगड, स्वास्थ्यका नवराज रावत र शहरी विकासका रामवीर मानन्धरले पनि राष्ट्रपतिको उस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका छन् ।
शीतल निवासबाट मन्त्रीहरू कार्यभार सम्हाल्न सिंहदरबार जाँदैछन् ।
हेर्नुहोस्, संघीय मामिला मन्त्रालय अगाडि कर्मचारीको लाइन :
