
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले मन्त्रालयमै पुगेर स्वागत गरेका छन् ।
बुधवार मन्त्रीबाट हटाइएका खनालले सोही दिन नियुक्त भएर बिहीवार शपथ लिएका नयाँ मन्त्री भुसाललाई सिंहदारबारस्थित मन्त्रालयमै पुगेर स्वागत गरेका हुन् ।
जाँदै गरेका मन्त्रीले नयाँ मन्त्रीलाई मन्त्रालयमै पुगेर स्वागत गर्नु नेपाली राजनीतिमा दुर्लभै हुने घटना हो ।
भुसाललाई खनालका अलावा मन्त्रालयका कर्मचारी र शुभचिन्तकहरूले स्वागत गरेका थिए ।
खनाल र भुसाल दुवै प्रदेश ५ का हुन् र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्छन् । खनाल कपिलवस्तु र भुसाल रुपन्देहीबाट सांसद निर्वाचित भएका थिए ।
मन्त्रालयमा भव्य स्वागत पाएपछि नवनियुक्त मन्त्री भुसालले आफू लोभ र डरबाट प्रभावित नहुने बताए ।
हेर्नुहोस्, नवनियुक्त कृषिमन्त्री भुसालको स्वागत:






