
कार्यक्षमता प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठनका क्रममा बर्खास्तीमा परेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू सफल मन्त्रीको रुपमा बिदा लिएर फर्किन लागेको बताएका छन् ।
नवनियुक्त मन्त्री वसन्त नेम्वाङको स्वागत र आफ्नो बिदाइ कार्यक्रममा महासेठले आफू सफल मन्त्री भएको दाबी गरेका हुन् ।
भौतिक योजना तथा यातायात मन्त्रालयमा २० महिना मन्त्री रहेको समयमा काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । ‘सडक, पुल लगायत पूर्वाधार विकासमा धेरै काम गरेको छु,’ महासेठले भने ।