
दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा बत्तिँदै हिँडेको एक राँगोले झण्डै सिंहको एक डमरुलाई कुल्चिएको छ ।
वन्यजन्तु फोटोग्राफर तथा गाइड योहान अडोल्फ स्मालमानले यो अद्भुत दृश्य क्यामरामा कैद गरेका हुन् ।
नदीको किनारामा मारेको एक भैंसीलाई खाइरहेका सिंहहरूको समूहतिर उक्त राँगो हुत्तिँदै आएको थियो ।
अफ्रिकन केप बफलो अफ्रिका महादेशकै सबभन्दा ठूलो राँगोमध्ये एक हो र यो लगभग १०० किलोको हुन्छ । यसका सिंगहरू पनि पाँच फीट अग्ला हुन्छन् ।
यो विशालकाय जन्तु रिसाहा हुन्छ र यसले वयस्क सिंहलाई समेत हावामा उडाइदिन वा खुट्टाले कुल्चिन सक्छ ।
यी अद्भुत तस्वीरहरूमा यो राँगोले सानो डमरुलाई लक्षित गरेको र उक्त डमरु राँगोको कुल्चाइमा परेर झण्डै मरेको देखिन्छ ।
फोटोग्राफर स्मालमानले १०० फीटमाथि तस्वीर खिचेका हुन् ।
उनले भने, ‘डमरु त्यो राँगोको खुट्टामुनि परिसकेको थियो तर अविश्वसनीय रूपमा ऊ घाइते भएन । ऊ दाहिनेतिर फर्कियो र भाग्न सफल भयो ।’
डमरु पछि आफ्नी आमाकहाँ पुगेको थियो ।
अफ्रिकन केप राँगोले जोखिम अनुभव गर्दा सिंहहरूलाई मार्ने गरेको छ तर ऊ प्रायः समूहमा पसेरै आक्रमण गर्छ । अहिलेको घटनामा चाहिँ सिंहहरूले अर्को राँगो खाइरहेको देखेर यो राँगो हच्किएको हुनुपर्छ ।
यी तस्वीरहरू लगभग एक महिनाअघि खिचिएका हुन् ।






एजेन्सी