
मन्त्रिपरिषद् विस्तारको प्रक्रियाप्रति नेकपाका प्रभावशाली नेता भीम रावलले असन्तुष्टि पोखेका छन् ।
मन्त्री चयनमा राष्ट्रपतिको संलग्नता रहेको देखिने कार्य गरिएकोमा पनि उनले आपत्ति जनाए ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट लेख्दै रावलले संविधान निर्माणमा नेकपाको उछित्तो काड्नेलाई मन्त्री बनाइएकोमा पनि आपत्ति जनाएका छन् ।
उनको संकेत हृदयेश त्रिपाठीतर्फ हो, जो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
रावलले धनबल र पूँजीबाट समानुपातिक सांसद बनेकालाई किन मन्त्री बनाइएको भन्दै प्रश्न समेत गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई !
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
मन्त्री हेरफेर गर्न सकिने कार्य भएपनि यस सन्दर्भमा निम्नलिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्ः
१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा
संलग्न रहेको देखिने कार्य किन गरियो ?
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला
जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
— Bhim Rawal (@BhimRawal179) November 21, 2019
३. विगतमा क.पा. विरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको अौचित्य के हो?
४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?