१४ असार २०८३, आइतबार

लुम्बिनी अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

कात्तिक २०, २०७४
लुम्बिनी अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

रुपन्देही, २६ चैत– विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ ।

स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालले मानसिक रोग उपचारको छुट्टै एकाइ निर्माण गरेर काम सुरु गरिएको बताए ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिको पहलमा सो सेवा सुरु भएको हो । सरकारी अस्पतालमा सो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीलाई राहत हुने अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बतँए ।

लुम्बिनी अञ्चल अस्पताल विकास समितिले दुई विषेशज्ञ चिकित्सकसहित काम सुरु गरेको छ । अस्पतालमा हाल दैनिक एक हजार दुई सय बिरामी अस्पतालमा आउने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्