
वास्तु शास्त्रमा जीवन उपयोगी विषय समावेश भएका छन् । हिन्दू धर्म दर्शन अनुसार केही यस्ता काम गर्न निषेध गरिएको छ जसका कारण तपाईको जीवनमा हानी पुग्छ । यस्ता कामलाई सही रुपमा गर्नुभयो भने तपाईको जीनमा त्यसले सकारात्मक असर पार्ने छ ।
१) कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।
२) मङ्गलबार या शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्।
३) उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण- पूर्व कोणमा राख्दा लगभग घरको सबै काम-कुरा ठीक हुँदै जानेछन्।
४) दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।
५) सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।
६) विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।
७) हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।
८) दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।
९) दक्षिण- पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।
१०) दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ।
११) शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।