०९ साउन २०८३, शनिबार

सिरियामा आक्रमण गरेर के पायो अमेरिकाले ?

कात्तिक २०, २०७४
सिरियामा आक्रमण गरेर के पायो अमेरिकाले ?

वासिङ्टन, २६ चैत– सिरियाली सैन्य इलाकाहरुमा हवाइ हमला गरेपछि पनि अमेरिकाले भनेको छ कि, यदी आवश्यक पर्यो भने ऊ थप आक्रमणका लागि पनि तयार छ ।

अमेरिकी अधिकारीको दावी छ, ‘मंगलवार भएको रसायनिक हमला सुरु गर्नका लागि जुन सैन्य इलाकाको प्रयोग गरिएको थियो, उमेरिकामा त्यही इलाकामा बम बर्साएको हो ।’

उता संयुक्त राष्ट्र संघले अहिलेको स्थिति थप बिग्रिन सक्ने चेतावनी दिएको छ ।

यो आक्रमणबाट ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय स्तरमा विरोधको पनि सामान गर्नु परिरहेको छ । रूस र सिरियाले उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

तर, यो हमलाबाट आखिर अमेरिकाले पायो के ?
यो हमलाले सिरियाको जमिनका कुनै बदलाव आएको छैन । बरु एक समाचार एजेन्सीका अनुसार जुन हवाई इलाकामा बमबारी भएको थियो, त्यहाँ आजै लडाकू विमानले उडान भरेका छन् ।

यसबाट बरु रूससँग अमेरिकाको तनावमा बढोत्तरी भएको छ । संयुक्त राष्ट्र संघमा रूस र अमेरिकाले खुलेरै एकअर्काको विरुद्ध बयानबाजी गरेका छन् ।

चरमपन्थी संगठनमाथि कारबाही गर्नका लागि रूस र अमेरिकाबीच हवाई हमलाका दौरान कुनै दुर्घटनाबाट बच्नका लागि प्राप्त जानकारीहरु आदानप्रदान गर्ने सम्झौता रूसले रद्द गरिदिएको छ ।

दुई देशबीचको सम्बन्धले अब कुन दिशा लेला ? यसको अन्दाज सायद आउँदो हप्ता नै लाग्न सक्छ, जब अमेरिकी विदेशमन्त्री रूस पुग्ने छन् ।

ट्रम्पलाई फाइदा

यो कारबाहीबाट अमेरिकी राष्ट्रपतिलाई भने फाइदा पुगेको छ । अमेरिकी कांग्रेसमा रिपलब्लिकन र डेमोक्रेट दुईवटै पार्टीका सदस्यहरुले यो कारबाहीलाई समर्थन गरेका छन् ।

यद्यपी केही सदस्यले यसको विरोध पनि गरेका छन् । तर, ट्रम्पको टिम यसलाई एक ठोस विदेश नीतिको रुपमा पेश गरेको छ, जसमा कमाण्डर इन चीफ मुश्किल फैसलाबाट पछि हट्दैनन् ।

यो हमलाले चीनका राष्ट्रपति सी चिनफिङको अमेरिकी यात्रालाई समेत ओझेलमा पारिदिएको छ ।

चिनियाँ राष्ट्रपतिले अहिले गरिरहेको भ्रमणालाई एकअर्कालाई जान्ने तथा समझ्ने भ्रमणको रुपमा प्रस्तुत गर्न खोजएको छ । तर, सार्वजनिक रुपमा दुई देशका राष्ट्रपति संभव भएजतिको न्यानोपना देखाउन खोजे ।

मूख्य मुद्दामा कुरा मिलेन

ट्रम्पले आफ्नो चुनावी अभियानका बेला चीनमाथि धेरै निशाना साधेका थिए, जसकारण पनि चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई धेरै महत्वका साथ हेरिएको थियो ।

तर, भ्रमणका दौरान व्यापार, उत्तर कोरिया मामला, दक्षिण चिनिया सागरजस्ता मुद्दाहरुमा कुनै प्रगति हुन सकेन । यी मुद्दाहरुलाई ट्रम्ले गर्ने भनिएको चीन भ्रमणका लागि टालिएको छ ।

चिनियाँ राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई चीन भ्रमणको निम्तो दिएका छन् । जसलाई ट्रम्पले स्वीकार गरिसकेका छन् ।

सीको भ्रमणका बेला दुई देशबीच ‘हन्ड्रेड डेज’ कार्यक्रममा सहमति भएको छ, जसको उद्देश्य आपसी व्यापारका मामलालाई समाधान गर्ने हो । साथै अमेरिकी निर्यातलाई बढवा दिने पनि उक्त सहमतिको उद्देश्य हो, जसले चीनसँगको अमेरिकी व्यापार घाटा कम हुन सकोस् ।

हुनत यो भ्रमणका दौरान एकपटक फेरि अमेरिकाले दोहोर्यो कि यदि चीन तयार हुँदैन भने उ एक्लै उत्तर कोरियामाथि कारबाही गर्ने छ । सी चिनफिङको यो भ्रमणलाई यसकारण पनि याद राख्न सकिन्छ, उनको यात्राका बेला अमेरिकाले सिरियामाथि बमबारी गरेको छ ।

सिरियामाथिको बमबारीलाई लिएर एक ठूलो विषय अगाडि आएको छ कि, ट्रम्पका कट्टर समर्थनमध्येका केहीले यो कारबाहीको आलोचना गरेका छन् । उनीहरुको भनाई छ, ट्रम्पलाई उनीहरुले यसका लागि भोट दिएका हैनन् । उनीहरु भन्छन्, ट्रम्पले ‘अमेरिका फर्स्ट’ भनेर गरेको प्रतिबद्धताका कारण उनीहरुले ट्रम्पलाई भोट दिएका हुन् । उक्त बादामा ट्रम्पले भनेका थिए कि, उनले अमेरिकी नागरिकको जिन्दगीलाई राम्रो बनाउने छन्, अमेरिकीहरुका लागि रोजगारीको अवसर पैदा गर्ने छन् ।

उनीहरुका अनुसार मध्यपूर्वमा विना अधिकार घुसेर फौजी काराबाही गर्ने कार्यको ट्रम्पले त कडा शब्दमा आलोचना गर्ने गर्दथे । यसका लागि ओबामाको पनि ट्रम्पले कडा आलोचना गरेका थिए । ट्रम्प ओबामालाई भन्ने गर्दथे, ‘उनी ती देशहरुमा किन घुस्ने कोशिष गरिरहेका छन्, जोसँग हाम्रो कुनै सीधा लेनदेन छैन ।’

ट्रम्पका यी समर्थकहरु अहिले ट्रम्प नीतिमा ठूलो परिवर्तन आएको देखिरहेका छन् । जसबाट ट्रम्पका कट्टर समर्थकमा निराषा छाएको छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्