काठमाडौं, चैत २६– भारतीय जनता पार्टीका वरिष्ठ नेता भगत सिंह कोसियारीले नेपालले एक दिए भारतले दुई दिने दिने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको नामै लिएर उनले भारत नेपाललाई हर तरहको सहयोग गर्न तयार रहेको भन्दै नेपालले एक दिए भारतले दुई दिने बताएका हुन् ।
रिपोर्टस क्लब नेपालको १९ औ बार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन उनले भारतले नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको हेर्न चाहेको समेत बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित थिए ।