१२ असार २०८३, शुक्रबार

अर्घाखाँची दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

मंसिर १२, २०७६
अर्घाखाँची दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा बिहीवार भएको यात्रुबाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

पोखरेलले बिहीवार विज्ञप्ति जारी गर्दै अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुबाहक बस बुधवार अपराह्न सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाइते भएका खबरले स्तब्ध बनाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ – 

दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारीसाधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्रगतिमा गाडी हुइँकाउने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ । चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ । तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैछ । अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदूर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न हार्दिक अपिल गर्दछु । दुर्घटना लगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

salt training

कमेन्ट गर्नुहोस्