
एक सानी बालिकाको अप्राकृतिक रूपमा लामो गोडाको तस्वीर सार्वजनिक भएपछि ट्विटर प्रयोगकर्ताहरू तीनछक्क परेका छन् ।
अस्ट्रेलियाकी नादिया भुत्तोनले सामाजिक सञ्जालमा यो तस्वीर सार्वजनिक गरेकी हुन् ।
तस्वीरमा बालिका घाँसमाथि उभिएकी देखिन्छिन् र झट्ट हेर्दा उनका गोडा अत्यन्तै लामो र दुब्लो देखिन्छ ।
तर ध्यान दिएर हेर्ने हो भने उनले फूल उठेको मकै (पपकर्न) को झोला बोकेको देखिन्छ । झोलाको रंग उनी उभिएको घाँसको रंग जस्तै छ ।
ट्विटरमा तस्वीर पोस्ट गर्दै नादियाले लेखिन्, ‘यो तस्वीरले मलाई लामो समयसम्म भ्रममा पार्यो ।’
११ हजारभन्दा बढी मानिसले ट्वीट लाइक गरे ।
तस्वीरको वास्तविकता पत्ता लगाउनका लागि समय लागेको बताउँदै उनीहरूले झट्ट हेर्दा चिन्ता लागेको बताए ।
एजेन्सी