०३ असार २०८३, बुधबार

बाँदरको अपहरणमा पर्यो बिरालो [भिडियो]

मंसिर १२, २०७६
बाँदरको अपहरणमा पर्यो बिरालो [भिडियो]

थाइल्यान्डको पूर्वी भागमा रहेको रायोङमा एउटा बाँदरले सानो बिरालोलाई अपहरण गरेको छ । अपहरणपछि उसले केरा खाएको थियो । घटनापछि बाँदर र बिरालो दुवैलाई ४८ घन्टा बितिसक्दा देखिएको छैन । 

एउटा घरमा गएर बाँदरले बिरालोलाई च्याप्प समातेर लगेको थियो ।

घटनाको भिडियो फूटेजमा बाँदरले तर्सिएको बिरालोलाई लिएर छतमा बसेको अनि एकपछि अर्को केरा खाएको देखिन्छ । यो दृश्य देख्नेहरू निकै आत्तिएका थिए । 

उक्त घटना भएको घरसँगैको घरमा बस्ने चन्द्रा सकुलफिटकले भनिन्, ‘बाँदर आइतवार बिहान बिरालोसँग देखिएको थियो । अनि आइतवारै अपराह्न ४ बजे ऊ बिरालोविनै एक्लै देखिएको थियो । त्यसपछि चाहिँ दुवैलाई कसैले पनि देखेको छैन । बाँदरले बिरालो मारिदियो कि बिरालो भाग्यो, थाहा हुन सकेको छैन ।’

स्थानीयहरूले बाँदरलाई बिरालो छोड्न बिन्तीभाउ गरेका थिए । 

भिडियोमा एकजना महिलाले चिच्याएको सुनिन्छ, ‘उसलाई जान दे । चोट नलगा ।’ त्यसपछि मानिसहरूले ‘बिरालो बिरालो बिरालो’ भनेर चिच्याएको सुनिन्छ र बिरालोलाई भाग्न प्रेरित गरेको देखिन्छ । 

उक्त बाँदरले हालैका महिनामा सामान चोरेर स्थानीयहरूलाई त्रसित बनाएको रहेछ । 

चन्द्राले थपिन्, ‘बाँदरले बिरालो समातेपछि एकजनाले त्यसलाई खाना दिएको थियो । तर बाँदरले खाना लियो अनि बिरालो पनि लिएर गयो । मानिसहरूले बिरालो छोडेर जा भनी चिच्याए तर उसले बिरालो च्यापिरह्यो ।’ 
पशु उद्धारकहरू भोलिपल्ट आउँदा बाँदर र बिरालो दुवै भेटेनन् । 

स्थानीयहरूले बिरालो उक्त घटनामा घाइते अवस्थामा पो छ कि भनी खोजी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्