महाराष्ट्रमा सरकार बनाएपछि अब शिवसेनाको नजर भाजपाले शासन गरेको गोवामा नजर लगाएको छ ।
शिवसेना नेता सञ्जय राउतले गोवाको राजनीतिमा ध्यान दिएको र देशभरि गैरभाजपा मोर्चा बनाउन खोजेको बताएका छन् ।
राउतका अनुसार, तीन विधायकहरूका साथ गोवा फरवार्ड पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री विजई सरदेसाईले शिवसेनासँग गठबन्धन बनाउन खोजेका छन् । महाराष्ट्रमा जस्तै नयाँ राजनीतिक मोर्चाले गोवामा आकार लिइरहेको र चमत्कार देखिने राउतको भनाइ छ ।
गोवा विधानसभामा ४० सदस्य छन् र सन् २०१७ मा त्यहाँ चुनाव भएको थियो । चुनावमा भाजपाले १३ र कांग्रेसले १७ सीट जितेका थिए । अनि महाराष्ट्रवादी गोमान्तर पार्टीले तीन, गोवा फरवार्ड पार्टीले तीन र एनसीपीले एक सीट हात पारेका थिए । तीन सीट चाहिँ निर्दलीयले जितेका थिए ।
कसैको पनि बहुमत नआएपछि रातारात कांग्रेसका १० विधायक भाजपामा प्रवेश गरेका थिए । त्यसपछि भाजपाले बहुमत पाएर सरकार बनाएको थियो ।
एजेन्सी