२७ असार २०८३, शनिबार

केपी ओली उपचार गर्न बैंकक प्रस्थान

कात्तिक २०, २०७४
केपी ओली उपचार गर्न बैंकक प्रस्थान


काठमाडौँ, २६ चैत - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

उनी नियमित उपचारका क्रममा बैंकक जानुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् ।

पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए । उनी उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक जाँने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्