०९ असार २०८३, मंगलबार

हात्तीको आक्रमणमा परेर १ जनाको मृत्यु

मंसिर १३, २०७६
हात्तीको आक्रमणमा परेर १ जनाको मृत्यु

झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु भएको छ ।

गाउँपालिका–७ का ५५ वर्षीय काया राय क्षेत्रीको बिहीवार राति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्