२१ असार २०८३, आइतबार

भारतमा एक कम्पनीले राति ९ घन्टा सुत्नेलाई एक लाख भारु दिने

मंसिर १३, २०७६
भारतमा एक कम्पनीले राति ९ घन्टा सुत्नेलाई एक लाख भारु दिने

भारतमा वेकफिट नामक स्टार्टअप कम्पनीले सुत्न मन पराउनेहरूका लागि इन्टर्नशिप कार्यक्रम ल्याएको छ । 

इन्टर्नशिप गर्न आउनेले सुते मात्र पुग्छ । 

आफ्नो वेबसाइटमा यस्तो अफर राखेर कम्पनीले मानिसहरूलाई निवेदन दिन लगाएको छ । 

अवसर आउनेबित्तिकै भुसुक्क निदाउन सक्ने तथा भयंकर अनुराग भएको मानिसलाई जागिर दिन लागिएको वेबसाइटमा उल्लेख छ । यस्तो जागिर खानका लागि पैजामा लगाउनुपर्छ भनी रमाइलो पारामा लेखिएको छ ।

यो जागिर खाउन्जेल १०० दिनसम्म प्रत्येक रात नौ घन्टा सुत्नुपर्छ अनि त्यसो गरेबापत एक लाख भारु पाइन्छ ।

‘हामीहरू देशमा बस्ने उम्दा सुतुवाहरूलाई भर्ना गर्दैछौं । जीवनमा निद्रालाई प्राथमिकता दिनका लागि जुनसुकै कदम चाल्नेहरू यसका लागि योग्य छन् । स्लीप इन्टर्नशिप पहलले राम्रो निद्रामा ध्यान दिनेहरूलाई प्रशंसा गरेर निद्राजन्य स्वास्थ्यलाई जोड दिएको छ,’ वेकफिट डट् कोका निर्देशक तथा सहसंस्थापक चैतन्य रामालिंगेगौडाले बताए ।

कम्पनीले इन्टर्नहरूको निद्रा संरचनालाई निरीक्षण गर्नेछ । उनीहरूलाई परामर्श सत्रमा राखिनेछ र निद्रा ट्य्राक गरिनेछ । यसले कम्पनीलाई सुत्नुअघि र पछिको निद्रा अनुभव निरीक्षण गर्न सहायता गर्नेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्