१२ साउन २०८३, मंगलबार

१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीमा भएको दुर्घटनाको छानबिन समिति गठन

मंसिर १३, २०७६
१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीमा भएको दुर्घटनाको छानबिन समिति गठन

अर्घाखाँचीको नरपानीमा १९ जनाको ज्यान जाने गरी बुधबार भएको बस दुर्घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रजिअ विष्णुराज वेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा सन्धिखर्क नगरपालिका, जिल्ला ट्राफिक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, डिभिजन सडक कार्यालय शिवपुर, पश्चिम नेपाल यातायात प्रालि, देउराली यातायात प्रालिका एक–एकजना सदस्य रहनेछन । त्यस्तै सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष र पत्रकार महासङ्घका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारेमा विस्तृत अनुसन्धान छानबिन समितिले गर्नेछ ।

बैठकमा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुरकुमार विक, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज लगायतका प्रतिनिधिको उपस्थिति रहेको प्रजिअ पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्