२३ असार २०८३, मंगलबार

फास्ट ट्रयाक निरीक्षण गर्दै उपप्रधानमन्त्री पोखरेल

मंसिर १३, २०७६
फास्ट ट्रयाक निरीक्षण गर्दै उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकको निरीक्षण भ्रमण गरेका छन् ।

शुक्रवार पोखरेल द्रुतमार्गको निरीक्षण गर्न निस्किएका थिए ।

निरीक्षणको क्रममा पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित जिरो पोइन्टमा पुगेर त्यहाँको साइट इन्चार्जबाट वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिएका छन् ।

साथै राजदमार क्याम्पमा रहेको नर्सरी र गुणस्तर परीक्षण ल्याबको समेत पोखरेलले निरीक्षण गरे । निरीक्षणको क्रममा पोखरेलले आयोजनालाई समयमा नै सम्पन्‍न गर्न आईपर्न सक्ने मुख्य चुनौतिहरुको बारेमा समेत जानकारी लिएका थिए ।

निरीक्षणमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, रथीवृन्द, अर्थ मन्त्रालयका सह सचिव, सम्बन्धित क्षेत्रका विज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी उनीहरू आजै काठमाडौं फिर्ता भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्