०९ साउन २०८३, शनिबार

राष्ट्रपति हुने बित्तिकै मोदी भेट्न किन हतारिए गोटाबाया राजापाक्षे ?

मंसिर १३, २०७६
राष्ट्रपति हुने बित्तिकै मोदी भेट्न किन हतारिए गोटाबाया राजापाक्षे ?

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूले दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्ध थप मजबुत बनाउने बारेमा छलफल गरेको जनाइएको छ ।

उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै श्रीलङ्काका राष्ट्रपति राजापाक्ष बिहीबार नयाँ दिल्ली आएका हुन् । राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

भेटवार्ताअघि राष्ट्रपति राजापक्षेले महात्मा गान्धीको स्मृतिस्थल राजघाटमा पुगेर श्रद्धान्जली व्यक्त गएका थिए ।

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अवतरण भएपछि सञ्चार माध्यमलाई दिएको पहिलो प्रतिक्रियामा उनले भारत र श्रीलङ्काले सँगसगै काम गर्न आवश्यक रहेको बताएका थिए ।

आर्थिक विकास र जनताको सुरक्षाका लागि नयाँ दिल्ली र कोलम्बोबीचमा सहकार्यको आवश्यकता रहेको उनको भनाई छ । 'श्रीलङ्काको राष्ट्रपति भएपछिको यो मेरो पहिलो विदेश भ्रमण हो, भारतका राष्ट्रपति र प्रधानमन्त्रीप्रति म आभारी छु,' उनले भने ।

उनले थपे, 'मेरो अपेक्षा धेरै छ, राष्ट्रपतिको मेरो कार्यकालमा भारत र श्रीलङ्काको सम्वन्धलाई धेरै माथि उठाउन चाहन्छु ।'

श्रीलङ्काली राष्ट्रपति राजापाक्षले भारत र श्रीलङ्काको सम्बन्ध ऐतिहासिक, धेरै पुरानो, सांस्कृतिक र राजनीतिक रहेको उल्लेख गरे । उनले शुक्रबार नै विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्