१५ असार २०८३, सोमबार

मालारानीमा मतदान जारी, ५ सय मत खसिसकेको प्रजिअको भनाइ

मंसिर १४, २०७६
मालारानीमा मतदान जारी, ५ सय मत खसिसकेको प्रजिअको भनाइ

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

चार मतदान केन्द्रमा १ हजार ४ सय ७१ पुरुष र १ हजार ५ सय ४० महिला गरी ३ हजार ११ मतदाताले मालारानी गाउँपालिका वडा नम्बर ३ मा मतदान गरी वडा अध्यक्ष चयन गर्दैछन् । 

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेले ३ हजार मतदाता मध्ये ५ सय भोट खसिसकेको लोकान्तरलाई जानकारी दिए ।

पौडेलका अनुसार वडामा शान्तिपूर्ण रुपमा मदतान भइरहेको छ । वडा अध्यक्षका लागि नेकपाबाट यमलाल खनाल, नेपाली कांग्रेसबाट र शोभाखर खनाल प्रतिष्पर्धामा छन् । 

वडा अध्यक्ष जीवन बहादुर चन्द गाडी दुर्घटनामा परी मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । चन्द्र पूर्व एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्