०८ असार २०८३, सोमबार

जनताको घरदैलोमै सरकार पुगेको छ : मुख्यमन्त्री राई

मंसिर १४, २०७६
जनताको घरदैलोमै सरकार पुगेको छ : मुख्यमन्त्री राई

प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै ३ तहका सरकार पुगेको बताएका छन् ।

शनिवार इलामस्थित प्रदेश १ सरकारको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावना अनुसारको काम गर्नका लागि ३ तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुने बताए ।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नम्बर १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गरे । सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उनले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्