०४ असार २०८३, बिहीबार

पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकामा ७२ प्रतिशत मतदान, रातिबाटै मतगणना हुने

मंसिर १४, २०७६
पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकामा ७२ प्रतिशत मतदान, रातिबाटै मतगणना हुने
फाइल फोटो

गण्डकी प्रदेशको पूर्वी नवलपरासीस्थित बौदिकाली गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ७२ प्रतिशत मत खसेको छ । 

कूल ८ सय ५३ मतदाता रहेको वडामा ६ सय १५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । वडामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

वडाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । नेकपाबाट खिमबहादुर थापा खरू मगर, नेपाली कांग्रेसबाट तुलबहादुर राना र समाजवादी पार्टीबाट प्रितमबहादुर राना उम्मेदवार छन् ।

शनिवार राति ९ बजेबाट मतगणना शुरू हुने र आइतवार बिहानसम्म परिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्