
खानेपानी मन्त्री बिना मगरले मतदान गरेको कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
नेकपाका तामाङले ५ सय २८ मत ल्याएर विजयी भएका हुन् भने नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत पाएका छन् ।
शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो । वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि वडामा उपनिर्वाचन भएको हो ।