२१ असार २०८३, आइतबार

कपिलको शोमा शूटिङ गर्न सिद्धू आइपुगेनन्, छोडेका हुन् त ?

कात्तिक २०, २०७४
कपिलको शोमा शूटिङ गर्न सिद्धू आइपुगेनन्, छोडेका हुन् त ?

काठमाडौं, २७ चैत — सुनिल ग्रोवरसँगको झगडापछि कपिल शर्मालाई मुश्किलमाथि मुश्किल परिरहेको छ । यसले गर्दा कपिलको शोको टीआरपी स्वात्तै घटेको छ ।


कपिलले आफ्नो टोलीका केही सदस्यसँग हालै शोको शूटिङ गरेका थिए । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि आफ्नो फिल्म नूरको प्रमोसन गर्न शोमा पुगेकी थिइन् ।

अरू कुरा त ठीकै हो तर नवजोत सिंह सिद्धूको कुर्सी चाहिँ खाली देखियो ।

खबरहरूका अनुसार सिद्धूले कपिलको शोको आउँदो एपिसोडको शूटिङ गराएनन् । व्यस्त भएका कारण उनी शोबाट टाढिएको हुनसक्ने सम्भावना छ ।

तर कुरा त्यतिमै टुंगिँदैन । सिद्धूलाई सुनिल, चन्दन र अलीको अनुपस्थिति पनि चित्त बुझिरहेको छैन । उनीहरू नहुँदा शो खल्लो भएर मजा नआएको सिद्धूले अनुभव गरिरहेका छन्, त्यसैले उनी शूटिङमा नआएका हुन् भन्ने चर्चा पनि चल्न थालेको छ ।

आफ्नो व्यस्त कार्यतालिका र सेटमा बोरिङ वातावरणका कारण सिद्धू शूटिङका लागि मुम्बई नगएका हुन सक्छन् । तर सिद्धू आफैंले यसमाथि कुनै टिप्पणी गरेका छैनन् ।

सिद्धूलाई शो छोड्न मन त छैन तर उनलाई छोड्ने दबाब भने व्यापक छ । मन्त्री भएर पनि शोमा हाँसेर टाइम कटाएको भन्दै उनको आलोचना शुरु भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्