१३ असार २०८३, शनिबार

सिरियामा आक्रमण गरेपछि दबाब बढाउँदै अमेरिका

कात्तिक २०, २०७४
सिरियामा आक्रमण गरेपछि दबाब बढाउँदै अमेरिका

काठमाडौं, २७ चैत — सिरियामा शुक्रवार क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले उसमाथि दबाब पनि बढाउन थालेको छ ।


यसका अलावा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सिरियामा भएको रासायनिक आक्रमणमा रुसको हात थियो कि थिएन जाँचबुझ गरिरहेको छ ।

सिरियाको अल–शयरात एयरबेसमा अमेरिकाले ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । विश्वका ठूला देशहरूले अमेरिकाको यो कदमको स्वागत गरेका छन् ।

अमेरिकाको आक्रमणमा नौजनाको मृत्यु भएको थियो ।

यो आक्रमणपछि अमेरिका र रुसका बीच सम्बन्ध चिसिएको छ । शनिवार रुसले प्रस्ट शब्दमा अमेरिकासँगको सम्बन्ध लगभग सकिएको बतायो ।

हुन त यी देशबीचको सम्बन्ध कुन स्तरमा छ भन्ने कुरा केही दिनमा थाहा हुनेछ । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसन रुसको भ्रमण गर्दैछन् ।

एक टिभी अन्तर्वार्तामा टिलरसनले भने, ‘अमेरिकी आक्रमणमा रुसलाई लक्ष्य बनाइएको थिएन । त्यसैले रुसले हामीमाथि प्रत्याक्रमण गर्ने भन्ने कुरै हुँदैन । उसले सिरियाको असद सरकारलाई साथ दिएको चाहिँ गलत हो । असदलाई साथ दिएर उसले सिरियाली जनतामाथि आक्रमण गरिरहेको छ ।’

सिरिया तथा इराकमा अमेरिकाको प्राथमिकता नबदलिएको र आतंकवादी संगठन इस्लामिक स्टेटलाई परास्त गर्नु नै आफ्नो लक्ष्य रहेको टिलरसनको भनाइ छ ।

उता संयुक्त राष्ट्रसंघमा रुसका उपराजदूत भ्लादिमिर सेफ्रोनकोभले भने, ‘हामी अमेरिकी आक्रमणको कडा निन्दा गर्छौं । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थिरता यस्तो आक्रमणले कायम गर्न दिँदैन ।’

अमेरिका लगायतका पश्चिमी मुलुकले सिरियामा सरकार परिवर्तन गर्न खोज्नु गलत भएको उनको टिप्पणी थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्