१७ असार २०८३, बुधबार

पाकिस्तानका सेवानिवृत्त सैन्य अधिकारी नेपालमा बेपत्ता

कात्तिक २०, २०७४
पाकिस्तानका सेवानिवृत्त सैन्य अधिकारी नेपालमा बेपत्ता

काठमाडौं, २७ चैत — पाकिस्तानका एक सेवानिवृत सैनिक अधिकारी अघिल्लो हप्ता एक जागिरको अन्तर्वार्ताको सिलसिलामा नेपाल आएका र यतै बेपत्ता भएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नफीस जकारियाले यसको पुष्टि गरेका छन् ।


‘विदेश मन्त्रालय काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको सम्पर्कमा छ र नेपाली अधिकारीहरूसँग सम्पर्क पनि बनेको छ,’ जकारियाले रेडियो पाकिस्तानलाई बताए ।

लेफ्टिनेन्ट कर्नेल मुहम्मद हबीब जाहिर सन् २०१४ को अक्टोबरमा सेवानिवृत्त भएका थिए । उनी फैसलाबादमा रफहान मिल्समा कार्यरत थिए ।

रोजगारी पोर्टल लिंक्डइन अनि संयुक्त राष्ट्रसंघको वेबसाइटमा उनले आफ्नो बायोडाटा पोस्ट गरेका थिए । एक महिनाअघि मार्क टम्सन नामक व्यक्तिले जाहिरलाई इमेलमार्फत सम्पर्क गरेर एउटा संस्थाको उपाध्यक्ष/क्षेत्रीय निर्देशकको भूमिकाका लागि शर्टलिस्ट गरिएको बतायो ।

अमेरिकी डलर ३,५०० देखि ८,५०० सम्मको तलबसुविधा सहितको जागिरका लागि चैत २४ गते काठमाडौं आई अन्तर्वार्ता दिनुपर्ने इमेलमा उल्लेख थियो ।

त्यसपछि जाहिरले ओमान हुँदै काठमाडौं आउनका लागि बिजिनेस क्लासको एक टिकट लिए । प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार जावेद अन्सारी नामक एक व्यक्तिले उनलाई ओमानमा भेटेर एक नेपाली मोबाइल फोन नम्बर उपलब्ध गराए ।

स्रोतहरूका अनुसार जाहिर चैत २४ गते काठमाडौं आइपुगे र त्यही दिन लुम्बिनीका लागि उडे । बुद्ध एयरको फ्लाइटमा उनी लुम्बिनी गएका थिए । दिउँसो एक बजे उनले श्रीमतीलाई एसएमएस पठाएर आफू लुम्बिनीमा सुरक्षित रूपमा आइपुगेको जानकारी दिएका थिए ।

तर त्यसपछि भने उनी बेपत्ता भएका छन् । उनको पाकिस्तानी र नेपाली मोबाइल नम्बर स्विच अफ गरिएका छन् ।
जाहिरको परिवारले प्रहरीसमक्ष उजुरी दर्ता गराएको छ ।

ट्राइब्युन डट्कम डट् पीकेबाट

salt training

कमेन्ट गर्नुहोस्