![नेतृत्वको अक्षमताका कारण उपनिर्वाचनमा कांग्रेस चुक्यो– चन्द्र भण्डारी [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Chandra_Bhandari_Banner_Fnu7XudSf0.png)
भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर राजनीतिक दलका आ–आफ्नै विश्लेषण छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी भने उपनिर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न नसकेको टिप्पणी गर्छन् ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै भण्डारीले उपनिर्वाचनमा ‘क्लीन स्वीप’ गर्ने अवसरलाई कांग्रेसले गुमाएको टिप्पणी गरे ।
उपनिर्वाचनले दुई वर्षको अवधिमा सरकारको अलोकप्रियताको सूचक देखाएको र अर्को चुनावसम्म नेकपा झनै अलोकप्रिय बन्ने र कांग्रेस पहिलो दल बन्ने उनको दाबी छ ।
कांग्रेसले उपनिर्वाचनमा थप के गर्न सक्थ्यो ? वैकल्पिक भनिएका राजनीतिक दलले अपेक्षाकृत भोट किन ल्याउन सकेनन् ? तीन वर्षपछि निर्वाचनमा पहिलो दल बन्न कांग्रेसको योजना के हो ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी, हेर्नुहोस् भिडियोमा :