
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्।
बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अन्तिम समयमा गोल खाँदा श्रीलंकासँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको इन्जुरी समयमा श्रीलंकाले फ्रि किकमा गोल गरेपछि नेपाल िफुटबल टीम निरास बनेको हो। श्रीलंकाका सेबामलाइनायकाम जुडे सुपानले गोल गरेका हुन्।
त्यसअघि खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएका थिए। मंगलवार नेपालले भुटानमाथि ४-० को जीत हासिल गरेको थियो । नेपाल अंक तालिकामा ४ अंकसहित शीर्ष स्थानमा छ, भने श्रीलंकाको २ अंक छ।