०६ असार २०८३, शनिबार

हिंसाको कहालीलाग्दो रूप : अपांगता भएका बालबालिका भन्छन् – हिंसा थाहा छैन, कपाल तान्ने र घँचेट्ने सधैं गर्छन्

मंसिर १९, २०७६
हिंसाको कहालीलाग्दो रूप : अपांगता भएका बालबालिका भन्छन् – हिंसा थाहा छैन, कपाल तान्ने र घँचेट्ने सधैं गर्छन्

अछाम जिल्लाकी १२ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिनाअघि करिब २० हप्ताको गर्भपतन गराइयो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उनी आफूलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकाले २० हप्ताको गर्भ हुँदासमेत परिवारको सदस्यले थाहा पाउन सकेनन् ।

बालिकालाई कुकुरले टोकेपछि उनका ठूलो बुवाले रेबिजविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा मात्र बालिका गर्भवती भएको थाहा पाएर तुरुन्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग
अस्पतालमा ल्याएपछि गर्भपतन गराइएको थियो ।

बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कारमा परेर गर्भवती हुन पुगेकी हुन् । ती बालिका एक प्रतिनिधि पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । तीमध्ये पनि यौन हिंसा र शारीरिक हिंसामा धेरै परेका तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ ।

सङ्घका अध्यक्ष निर्मला धितालले अनुसन्धानकर्ता रीता भद्राले वुमन काइन्डको सहयोगमा काभ्रे, मोरङ र गोरखा जिल्लामा गर्नुभएको अनुसन्धानले यस क्षेत्रमा काम गर्न स्पष्ट नीति तथा कार्यक्रम बनाउन बाटो देखाएको बताइन्। सो सर्वेक्षणमा पत्ता लागेका प्रमुख विषयवस्तु र तथ्याङ्कबारे प्रस्तुति दिँदै उनले ५० प्रतिशत अपाङ्गता भएका महिलालाई जबरजस्ती यौन गतिविधिमा संलग्न गराइएको पाइएको बताएन्।

 उनले १७ प्रतिशतले यौन हिंसामा परेको, ४३ प्रतिशत यौन दुव्र्यवहार, ३९ प्रतिशत वैवाहिक बलात्कारमा परेको र २८ प्रतिशतलाई जबरजस्ती परिवार नियोजनको साधन प्रयोग गर्न लगाइएको पाइएको बताउँदै कतिपयलाई हिंसा भन्ने कुरा नै थाहा नभएको बताएको पनि बताए।

अनुसन्धानका लागि ती जिल्ला पुग्दा कतिपय अपाङ्गता भएका महिलालाई तपाईंमाथि हिंसा भएको छ भन्दा थाहा नभएको प्रतिक्रिया पाइयोे । तपाईंको कपाल तान्ने, घचेट्ने आदि गर्छन् भनेर सोध्दा त्यो त सधैँ गर्छन् भन्ने जवाफ पाइएको थियो । यसबाट अपाङ्गता भएका महिलालाई हिंसा के हो भन्नेसमेत थाहा नभएको अवस्थामा आफ्नो समस्या व्यक्त गर्न नसकेको तथ्य फेला परेको अध्यक्ष धितालले बताइन्। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्