२४ असार २०८३, बुधबार

सप्तरीमा आगलागी, चार घर जले

मंसिर १९, २०७६
सप्तरीमा आगलागी, चार घर जले

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगलागी हुँदा चार घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।

कंकालिनी–३ पोर्ताहाका शिवनारायण भिन्दवारको घरमा बिहीबार विद्युत् चुहावट भए आगलागी भएको हो। आगलागीमा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ।

घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा १० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्