बुरुण्डीमा पहिरोले ताण्डव मच्चाएको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा गएको पहिरोमा मा परी कम्तीमा ३८ जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अत्यधिक बर्षापछि ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।
पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरुको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताए।
उनका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।
बिहीबार दिउसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।
कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए।