२४ जेठ २०८३, आइतबार

अमेरिकी व्यापार घाटा घटेर ७.६ प्रतिशत कायम

मंसिर १९, २०७६
अमेरिकी व्यापार घाटा घटेर ७.६ प्रतिशत कायम

  अमेरिकाको ब्यापार घाटा घटेको छ। अक्टोबरमा अनपेक्षितरूपमा व्यापार घाटा घटेर ७.६ प्रतिशत कायम भएको सरकारी तथ्यांकले देखाएको छ ।

अमेरिकीहरूले यो वर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौँ अमेरिकी डलर कम खर्चिएका अमेरिकी बाणिज्य विभागद्वारा बिहीबार जारी तथ्यांकले देखाएको छ ।

अमेरिकाका समग्र ब्यापार घाटा ७.६ प्रतिशतमा झर्दा अझै ४७ अर्ब दुई करोड अमेरिकी डलर घाटा देखिएको छ । यो अमेरिकी अर्थशास्त्रीहरूले अपेक्षा गरेकोभन्दा निकै कम हो । 

यससँगै अमेरिकी ब्यापार घाटा सन् २०१८ को मे महिनापछि पहिलो पटक सबैभन्दा कम देखिएको छ ।

अमेरिकी निर्यातमा पनि अक्टोबरमा दुई खर्ब सात अर्ब एक करोड अमेरिकी डलर कमी आएको छ । यद्यपि आयात दर निकै कम भएकोले ब्यापार घाटामा कमी देखिएको हो ।

 अमेरिकामा गत अप्रिलपछि १।७ प्रतिशतले कमी आएको र यसबाट आयात खर्च अक्टोबरमा दुई खर्ब ५४ अर्ब तीन करोड अमेरिकी डलर कायम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्