प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले लैंगिक हिंसा रोक्न प्रहरी गम्भीर रहेको बताएका छन्।
प्रदेश १ र २ प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै उनले महिला हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताएका हुन्।
उनले हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए। खनालले सो क्षेत्रका लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत अन्तरक्रिया गरे।