२१ जेठ २०८३, बिहीबार

साग महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

मंसिर २०, २०७६
साग महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित
प्रतिकात्मक तस्वीर

तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलंकासँग पराजित भएको छ । 

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो । 

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बंगलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् । 

श्रीलंकाकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलंकाकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । 

श्रीलंकासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ ।

नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलंकाले यही मङ्सिर २३ गते बंगलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ । 

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताइन् ।

श्रीलंका टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्