
१३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष क्रिकेटमा नेपाल अहिले बंगलादेशसँग भिड्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि रनको लक्ष्य दिएको छ ।
बंगलादेश यू–२३ ले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।