
भारतको हैदराबारमा पशु चिकित्सकमाथि भएको बलात्कार घटनाका ४ जना आरोपीलाई प्रहरीले ‘इन्काउन्टर’मा मारेपछि भारतमा यसको पक्ष/विपक्षमा बहस भइरहेको छ ।
कतिपयले बलात्कारीलाई मार्नु ठीक भएको र प्रहरीको गोली ठीक ठाउँमा प्रयोग भएको दाबी गरिरहेका छन् भने अदालतबाट मुद्दाको फैसला नभइ आरोपीलाई ‘इन्काउन्टर’को नाममा मार्नु ठीक नभएको तर्क गरिरहेका छन् ।
शुक्रवार अपराध अनुसन्धानका क्रममा आरोपीसहित घटनास्थलमा पुगेको प्रहरीले आरोपीहरू भाग्न लाग्दा इन्काउन्टर गरिएको जनाएको छ ।
वादविवादबीच भारतका मुख्य न्यायाधीश एसए बोबडेले एक बयान दिँदै बदला लिने उद्देश्यले गरिएको इन्काउन्टरले न्यायिक चरित्र गुमाउने टिप्पणी गरेका छन् । उनले यस्तो तरिकाले कहिल्यै पनि न्याय नमिल्ने बताएका छन् ।
#WATCH: Chief Justice of India (CJI) Sharad Arvind Bobde: I don't think justice can ever be or ought to be instant. And justice must never ever take the form of revenge. I believe justice loses its character of justice if it becomes a revenge. pic.twitter.com/oKIHKecHqt
— ANI (@ANI) December 7, 2019
यसअघि अभिवक्ता जीएस मणि र प्रदीपकुमार यादवले प्रहरी कारवाहीविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।
अधिवक्ताले अनुसन्धानका क्रममा प्रहरीले सन् २०१४ मा अदालतबाट प्रहरीलाई दिइएको निर्देशनको पालना गरिएन । रिटमा इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेर कारवाही हुनुपर्ने माग गरिएको छ । यो रिटमा अदालतमा सोमवार सुनुवाइ हुनेछ ।