२५ जेठ २०८३, सोमबार

२ वर्षको अफयर्सपछि लगन गाँठो कसिन् नायिका ऋचाले

मंसिर २१, २०७६
२ वर्षको अफयर्सपछि लगन गाँठो कसिन् नायिका ऋचाले

नायिका ऋचा शर्माले २ वर्ष लामो प्रेम सम्बन्ध (अफयर्स) लाई वैवाहिक जीवनमा रुपान्तरण गरेकी छिन्। उनले शनिबार दीपेक्षविक्रम राणासँग विवाह गरेकी हुन्।

ऋचाले फेसबुक मार्फत विवाहको फोटो सार्वजनिक गरेकी हुन्।   दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्बिर पोस्ट  गर्दै लेखेकी छन्, ‘जिन्दगीको अबर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

दीपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन्।उनीहरुबीच सन् २०१८ मे मा पहिलो पटक भेट भएको थियो, ‘सुनकेसरी’ को प्रमोशनको क्रममा।

डिल्लीबजारस्थित राणा परिवारमा जन्मिएका दीपेक्ष नेपाली सेनाका पूर्वपृतनापति दीपकविक्रम राणाका छोरा हुन्। केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ्नो विवाह हुन लागेको जानकारी दिएकी थिइन् ।

ऋचाले हालैमात्र फिल्म ‘हिजो आजका कुरा’ को छायांकन सकाएकी थिइन् । उनी अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । 

salt training

कमेन्ट गर्नुहोस्